ताप्लेजुङ। लामो समयदेखि स्थानीय नागरिकले माग गर्दै आएको इलाका प्रशासन कार्यालय सिरिजङ्घा गाउँपालिका–४, तेल्लोकमा औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

कार्यालयको यही भदौ ५ गते उद्घाटन गर्ने तयारी गरिएको छ। कार्यालय सञ्चालनमा आएसँगै सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका नागरिकले नागरिकता तथा विभिन्न प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम फुङ्लिङ धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

स्थानीय तहबाटै सरकारी सेवा सहज रूपमा उपलब्ध हुने भएपछि दुर्गम क्षेत्रका नागरिकलाई समय, खर्च र यात्राको झन्झटबाट राहत पुग्ने विश्वास गरिएको छ। स्थानीयवासीका लामो समयदेखिका आवश्यकता र माग सम्बोधन गर्दै स्थापना हुन लागेको कार्यालयलाई क्षेत्रीय विकास र सेवा प्रवाहको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

जनताको आवश्यकता पूरा हुनु नै विकासको वास्तविक अर्थ भएकाले इलाका प्रशासन कार्यालयको स्थापनाले सिरिजङ्घा र सिदिङ्वाका नागरिकमा नयाँ आशा र सकारात्मक परिवर्तनको अनुभूति गराउने अपेक्षा गरिएको छ।

कार्यालय स्थापनाका लागि पहल गर्ने स्थानीय पालिका सरकार तथा सम्पूर्ण सरोकारवालाप्रति स्थानीयवासीले धन्यवाद व्यक्त गरेका छन्। कार्यालयको सफल उद्घाटन तथा प्रभावकारी सञ्चालनका लागि शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!