काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले काुनन मन्त्री धनराज गुरुङलाई त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपीट गर्ने विरुद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय खारेज गर्न आग्रह गरेका छन् । बुधवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचिव समेत रहेका भट्टराईले मुलुकका ठुला भनिएका कांग्रेस एमाले लगायतका दलहरुले गर्ने निर्णयले देश कतातिर जाँदैछ भनेर प्रश्न समेत गरे ।

उनले चलाउनेको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सारा बुद्धिजीवी र सञ्चारमाध्यमले आवाज उठाएपछि सरकारले उक्त निर्णय फिर्ता गर्ने आफुले सोचेपनि सरकारले त्यसबारे पुर्नविचार नगरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । कानुनमन्त्री धनराज गुरुङको नाम उच्चारण नगरी भट्टराईले भने, ‘हाम्रो एकजना साथी म भन्दा सिनियर, विद्यार्थी नेता पनि हुनुहुन्थ्यो । म उहाँलाई धेरै पहिलेदेखि चिन्थे । उहाँका भाषण पनि हामी सुनिरहेका छौ ।’

भट्टराईले सदाचार र भ्रष्टाचारविरुद्धको भाषण गरिरहने उनै व्यक्ति कानुन मन्त्रीको हातबाट चलाउनेको मुद्दा फिर्ता लिएकोमा आश्चर्य लागेको बताए । ‘उहाँ मन्त्री हुनुभयो अस्ति भर्खरै, त्यसमा पनि कानुनमन्त्री हुनुभयो । त्यसपछि यो देशको कानुन सुधारिन्छ होला, ठिक मान्छे ठिक ठाउँमा आउनुभयो भन्ने लाग्यो’, भट्टराईले भने ‘तर म असाध्यै दुखी भएँ ती अपराधीको मुद्दा फिर्ता लिने कागजमा उहाँले नै सही गर्नुभयो ।’

उनले चलाउनेको मुद्दा फिर्ता गर्ने निर्णय सच्चाउन माग गर्दै उनले भने, ‘आज पनि मन्त्रीजीलाई भन्न चाहान्छु यो कृपया निर्णय फिर्ता लिनुस् र पुराना मान्यतामा रहनुस् । ठुला राजनीतक दलहरुले यस्तो वेथिति र दण्डहिनताको पक्षमा लाग्ने हो भने यो देश, व्यवस्था र संविधान र जनताको विश्वासमा खेलबाड गर्छौ भने यो देश गलत दिशामा जानेछ ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!