बास्तु शास्त्र अनुसार घरको मुल ढोकाको बिशेष महत्व हुन्छ किन भने यो स्थानमा भगवानको सबैभन्दा पहिला कृपा दृष्टि पर्ने मानिन्छ। त्यस कारण घरको मुल ढोकाको अगाडि यी ४ चिज राख्नु हुँदैन।
धेरै जसो मानिस घर सजाउन बिभिन्न किसिमका बिरुवाहरु लगाउने गर्दछन। जसमा मुख्य ढोका अगाडि काँडा भएका बिरुवा पनि लगाउने गर्दछन्।यसो गर्नु हुँदैन किन भने यसबाट नकारात्मक उर्जा आउछ र आउन लागेको सकारात्मक उर्जा रोकिदिन्छ। त्यसकारण ढोका अगाडि कांडा भएको बिरुवा लगाउनु हुँदैन।
घरको ढोका अगाडि भांचिएको कुर्सी वा पलङ राख्नु हुँदैन। भांचिएको कुर्सी वा पलङ राख्दा घरमा अशान्ती हुने मानिन्छ।घरको ढोका अगाडि फोहोरो वा माकुराको जालो हुनु हुँदैन । यसो भएमा भगवान देबी देवता घरमा आउँदैनन भनिन्छ।
यदी घरको मुल ढोका अगाडिनै जुता चप्पल खोलेर राख्ने बानी छ भने हटाउनु होस ढोका अगाडि नै जुता चप्पल राख्दा माता लक्ष्मी प्रबेश गर्नुहुन्न भन्ने मान्यता रहेको छ।मेन गेटको ठीक अगाडि एउटा ठूलो ऐना ठड्याउनुस् ताकि घरमा छिर्ने मान्छेको पूरा प्रतिबिम्ब त्यसमा आओस् । यसो गर्दा नकारात्मक ऊर्जा भएको मान्छे घरमा छिरेछ भने पनि त्यसका ऊर्जा फर्केर जाने विश्वास गरिन्छ।
द्वारमा आशीर्वाद मुद्रा भएको हनुमानजीको मूर्ति वा तस्वीर लगाउँदा दक्षिणतिर फर्केको मूलद्वारको वास्तुदोष काटिन्छ ।मूलद्वारमा पञ्चधातुको पिरामिड लगाउँदा पनि वास्तुदोष समाप्त हुन्छ ।मुख्य द्वारमा वास्तुदोष देखिएमा घन्टी वा विन्डचाइम झुण्ड्याउनुस् जसका कारण घरमा नकारात्मक ऊर्जा छिर्न पाउँदैन।
घरमा तुलसीको बिरुवा रोप्नुस् र सन्ध्याकालमा दिनदिनै तुलसीका अगाडि दीप बाल्नुस् । सबैखाले वास्तु दोष सकिन्छन्।घरवरिपरि हरियो दूबो उम्रेको छ भने दिनदिनै गणेशजीको प्रतिमामा चढाउनुस् । वास्तु दोष भाग्छ।
सुख शान्तिका लागि घरको उत्तरी भागमा धातुबाट बनेको कछुवाको प्रतिमा राख्नुस् । घरमा नकारात्मक ऊर्जा आउन पाउँदैन।मुख्य द्वारमा क्रिस्टल बल झुण्ड्याउनुस् र रातो रंगको फित्ता बाँध्नुस्।
घरको मूलद्वार खोल्नेबित्तिकै भर्याङ छ भने भर्याङमा पर्दा लगाउनुस् । मुख्य प्रवेशद्वारबाहिर आफ्नो सामर्थ्य अनुसार रंगोली बनाउनु शुभ हुन्छ। यसले माता लक्ष्मीलाई आकृष्ट गर्छ र नकारात्मक ऊर्जालाई नजिकै ढिम्किन दिँदैन।
यो पनि पढ्नुहोस् :आज बुधबार भगवान श्रीकृष्णको विशेष दिन, यसरी गर्नुहोस पूजा ,मिल्छ धेरै फल !:हिन्दु धर्ममा हरेक दिन विभिन्न देवी देवताहरुको पूजा गर्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।
‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। बुधबारका दिन गरिने शुभकर्मले जीवनभर राम्रो फल मिल्ने धार्मिक विश्वास छ । बुधबारका दिन के गर्ने ?
बुधबार मुंगको दाल दान गर्दा क’ष्ट निवारण हुन्छ।जसको कुण्डलीमा बुध ग्रहको दो’ष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी(देवताको कृपा हुने गर्छ।बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाइन्छ ।
त्यसैगरी महादेवस्थान–४ मा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को छ । थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई हलेसी महादेव गुफा भनिन्छ । यसै गुफाको नामबाट यस गाविसको नाम महादेवस्थान रहन गएको हो । गुफाभित्र प्रवेश गरी करिब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजारभन्दा बढी मानिस अटाउन सक्छन् ।
गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ । सो स्थानमा पार्वतीले गणेशजीका लागि दूध ल्याइरहेको जस्तो आकृति छ, जहाँ निःसन्तानले सन्तान माग्ने चलन छ । गुफाभित्रको उत्तरी कुनामा धर्मद्वार, पापद्वार छ । त्यस द्वारबाट धर्मात्माहरू छिर्न सक्ने र अधर्मी छिर्न नसक्ने किंम्वदन्ती छ ।
यसबाहेक जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तीसकोटी देवताका प्रतिमूर्ति लगायतका विशेष महत्वका ढुंगाका प्राकृतिक मूर्तिसमेत गुफाभित्र छन् । यहाँ एउटा चट्टानै चट्टानको थुम्को परेको डाँडामा अवस्थित छ । यस थुम्कोलाई कैलाशपर्वत भन्ने गरिन्छ । यो थुम्कोको परिधी झन्डै एक किलोमीटर जति छ र उचाई २०० फिट जति छ । यो थुम्कोमा अर्को एउटा ठूलो गुफा छ ।
यसलाई बसाहाथान भनेर चिनिन्छ । जुन गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्के भनिएको छ त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ । यो गुफाको मुखमा आज पनि एउटा अजङ्गको चट्टान छ र यसैलाई बसाहा भनी पूज्ने गरिन्छ । बसाहाथानको गुफा कैलाशपर्वत भनिने थुम्कोको फेदतिरबाट तेर्सो छेडिएर जाँदै झण्डै १५० फिटमा पुगेपछि अङ्ग्रेजी अक्षरको एल (L) जस्तो ९० डिग्रीको कोणमा ठाढै उठेर छिचोल्दै आकाशमा निस्किएको छ ।
यो गुफाको मुखबाट एकै चोटी ८/१० जना सजिलै पस्न सकिन्छ । यसको गर्भ झण्डै ४५ फिट चौडा छ । आकाशतिरको मुख धेरै चौडा छ । यस्को कुना काप्चाबाट पानी रसाएका छन् । एक ठाउँमा भित्तामा गाईका थुनहरू जस्तै चुनढुङ्गाका पग्लँदै गरेका जस्ता चुच्चा आकृतिहरू देखिन्छन् । त्यसबाट चुनमिश्रित चौलेनी रंगको पानी टप्कने गर्दछ ।
भक्तजनहरू त्याहाँ ‘दुध देउमाई’ भन्दै दुध थाप्दछन् । भनाइ छ भाग्यमानीको हातमा दूध चुहिन्छ । नभन्दै केहीका हातमा चौलेनी जस्तो चुनपानी हातमा खस्ने पनि गर्दछ । धर्मभीरू भक्तजन यसलाई कामधेनुको दुध भन्छन् भने भौतिकवादीहरू उता महादेवथानमा महादेवलाई चढाएको दुध रसाएर यता चुहिएको हो भनी अड्कल काट्दछन् । महादेवथानको गुफा बसाहाथानको गुफाको आकाश पट्टिको मुख नजिकै नै उत्तरपट्टी खाल्डे आकारमा अवस्थित छ ।
यसको ठीक माथि गुफाको सिलिङ्गमा चुनढुंगा पग्लिंदै गरेको जस्तो घोप्टे चुच्चाहरू छन् जसबाट निरन्तर चौलेनी रङ्गको पानी तप्किरहेको हुन्छ । माथिका चुच्चाहरू कामधेनुको थुन र पानीलाई उनैका दुध महादेवलाई स्नान गराउन खसेको हो भन्ने किमवदन्ती र जनविश्वास छ । मूर्ति वरीपरीका भाग मैदान परेको छ । यसलाई पहिले बाहिरबाट माटो ल्याई पुरेर बनाइएको हुनसक्छ ।
यस मैदानी मागमा एकै चोटी बीसौं रुद्रीहरू गर्न सकिन्छ । गुफाको सतहसम्म वर्लनको लागि कृतिम १०२ वटा खुड्किलाहरू बनाइएका छन् जो भर्यांग जत्तिकै ठाडो कोणमा छ । गुफाका शिलिङ र भित्ताहमा चट्टान पग्लिएर झरेका जस्ता धेरै आकृतिहरू छन् । कहीं मूर्तिहरू जस्ता बनेका छन् । कहीं माथिबाट चुहिएका भागलाई तलबाट चुलिएका चोसोले छोएर दुलाहरू बनेका छन् ।
ती मूर्तिहरू जस्ता आकृतिहरूलाई महादेवका परिवार सप्तर्षी नन्दी भृंगी र तेत्तिसकोटी देउताहरू भनेर पूज्ने गरिन्छ भने दुलाहरूलाई पापद्वार धर्मद्वार जन्मद्वार घोप्टेद्वार आदि भनेर पूज्ने र छिर्ने गरिन्छ । त्यस्ता द्वारबाट धर्मात्माहरू मात्र छिर्न सक्छन् र पापीहरू बीचमा अड्कन्छन् भन्ने धार्मिक विश्वास छ ।







