१३ चैत, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकअघि खनाल–नेपाल समूहले शुक्रबार दिउँसो १ बजे सांसदहरूको भेला बोलाएको छ ।
बिहान ११ बजेलाई डाकिएको केन्द्रीय कमिटी बैठकलगत्तै सांसदहरुलाई पनि छलफलका लागि बोलाएके हो ।

बैठकमा ओलीले शुक्रबार दिउँसो बोलाएको दलको बैठकमा जाने कि नजाने भन्नेबारे छलफल हुने सो समूहका एक नेताले बताए ।

अध्यक्ष ओलीले अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । बैठकमा आगामी बजेटमा विकास निर्माणका योजना कसरी समेट्ने भन्ने विषयमा दलका सांसदहरुबाट सुझाव लिने, प्रतिनिधिसभा बैठकलाई कसरी प्रभावकारी बनाउने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा बैठकमा छलफल हुने एमालेका मुख्य सचेतक विशाल भट्टराईले बताए ।

यसअघि प्रधानमन्त्रीले बालुवाटारस्थित निवासमा बैठक बोलाएको भन्दै खनाल–नेपाल समूहले बहिष्कार गरेको थियो । तर आजको बैठकमा जाने सम्भावना रहेको छ ।
बैठकमा जाने नजाने भन्नेबारेमा सांसदहरुको भेलाबाट निर्णय गर्ने सो समूहले जनाएको छ । समूहमा रहेका अधिकांश सांसदहरुले भने बैठकमा गएर ओलीको कदमको प्रतिरोध गर्नुपर्ने शीर्ष नेताहरुलाई सुझाव दिएकाले आजको बैठकमा सहभागी हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!