माघ ३ गते । जिल्लामा विद्यार्थी,शिक्षक,जनप्रतिनिधि,कर्मचारी र स्थानियको सहभागीतामा मंगलबार २५औं भुकम्प सुरक्षा दिवस मनाइएको छ । विरेन्द्रचोकमा भेला भएर निस्किएको र्याली श्री भिमकाली गुल्मको मैदानमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । भुकम्प सुरक्षा दिवसको नारासहित प्लेकार्ड र ब्यानर र्यालीमा समावेश थियो । नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीले भुकम्प गएको बेला गरिने उद्धारको डेमोस्ट्रेशन गरेको थियो ।

प्रमूख जिल्ला अधिकारी महेश कुमार पोखरेलले व्यवहारिक शिक्षाका लागि उपयोगी बनाउन डेमोस्टे«शन गरिएको बताए । प्रजिअ पोखरेलले भने,‘भुकम्प गएपश्चात उद्धारको शैली र अपनाउनुपर्ने सावधानी सिकायौ । कथनकदाचित भुकम्प गएमा के गर्ने भन्ने बुझाई निकै उपयोगी हुने अपेक्षा छ ।’


फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले नेपाल भुकम्पको जोखिम भएको देश भएकाले स्थानिय तह पनि चनाखो हुनु परेको बताए । नगरप्रमूख मादेनले भने,‘प्रकोप कहिल्यै नआओस भन्ने कामना हो । तर रोक्न सक्दैनौ । यद्यपी क्षतिको न्यूनीकरणमा सावधानी अपनाउन सक्छौ ।’


कक्षा–१० मा अध्यनतर सिक्कुम लिम्बुले किताबमा पढेको कुरा व्यवहारिक रुपमा हेर्न पाएकोमा खूसी प्रकट गरिन् । लिटल बुद्ध आवासिय माविमा अध्यनरत लिम्बूले भनिन्,‘डेमोस्ट्रेशन साँच्चिकै जस्तो लाग्यो । अभ्यासले हामीलाई बुझ्न निकै सजिलो बन्यो ।’


रेडक्रसकर्मी टामन सिग्देलले भुकम्पको बेला सावधानी अपनाउने तरिकाबारे न्यूनतम जानकारी सबैमा हुनुपर्ने जोड दिए । सूचना शक्ति हो । त्यही भएर थाहा भए कम्तीमा क्षतिको न्यूनीकरण गर्न सकिन्छ ।


नेपालमा १९९० साल माघ २ मा गएको महाभुकम्पको सम्झनामा भुकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । २०५५ सालदेखि हरेक वर्षको माघ २ गते दिवस मनाउन सुरु गरेको हो । यद्यपी यसवर्ष पोखरामा भएको विमान दुर्घटनाका कारण माघ २ गते सरकारले सार्वजनिक विदा दिएकाले भोलीपल्ट कार्यक्रम गरिएको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस २६ गते सबै स्थानिय तह तथा प्रशासनलाई पत्रचार गरि भुकम्प सुरक्षा दिवस मनाउन परिपत्र गरेको थियो ।

तस्बिरः पत्रकार देवराज गुरुङ

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय