फागुन १, ताप्लेजुङ ।
फुङ्लिङ नगरपालिका वाड नं. ३ को आर्थिक सहयोग र सामाजिक विकासका लागि सिम्ले युवा क्वलको आयोजनामा भएको फुङ्लिङ वाडा स्तरीय भलिवल प्रतियोगितामा फुङ्लिङ वाड नं.१० ले फुङ्लिङ वाड नं.९ लाई हराउँदै सोझो सेटमा नै जित निकाल्न सफल भएको छ ।

भलिवल प्रतियोगितामा फुङ्लिङ नगरपालिका भित्र रहेका ११ वटा वाडविच खेल खेलाईएको थियो । शुक्रवार सम्पन्न फाईनल खेलमा नगद ५१०००। (एकाउन्न हजार) सहित सुन र चाँदि जडित कप फुङ्लिङ वाड नं.१० ले हात पार्न सफल भएको हो भने द्वितिय स्थानमा चित्त बुझाउँदै फुङ्लिङ वाड नं.९ ले नगद रु २५००० (पच्चिस हजार) सहित कप हात पारेको फुङ्लिङ वाड नं. ३ का वाड अध्यक्ष युवराज बरालले जानकारी दिनुभयो ।

सोनाम ल्होसारको अवसर पारेर गरिएको तिन दिने कार्यक्रममा लोक दोहोरी, नेपाली संस्कृतिमा आधारित नृत्य समेत आयोजना गरी पुुुरस्कार दिइको बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!