– बिजय गौतम
माननीय योगेश भट्टराई दाइ नमस्कार , सलाम, अभिबादन ।।।
विषय- परिक्षार्थीको समस्या सदनमा उठाइदिनु हुन अनुरोध सम्बन्धमा।
प्रस्तुत बिसयमा लोकसेवा आयोग र शिक्षकसेवा आयोगले।लोकसेव र शिक्षकसेवाका सबै परिक्षाहरु बिराटनगर केन्द्रित गरेर पहाडी र हिमाली जिल्लाका बिद्यार्थी / परिक्षार्थी हरुलाइ आर्थिक र मानसिक तनाव थपिएको छ। ताप्लेजुङ / पाचथर/ इलाम / तेह्रथुम जिल्ला लगायतका अन्य जिल्लाका बिद्यार्थी हरु चिसो बाट एकैपटक प्रचण्ड गर्मीमा पुग्दा बाताबरणमा समायोजन हुन कठिन भएको र बिरामी हुने समस्या देखियो।
गरिब , किसान , मजदुर बुवाआमाले बनी बुतो गरेर एजुकेसन र मानबिकी संकाय पढाएका र सिमित पैसाले निश्चित समय पुर्याउनु पर्ने बिद्यार्थीहरु हप्तौं दिनदेखि गएर महँगो र सुबिधा सप्पन्न होटल र लजमा बस्न सक्ने कुरै भएन।।तेस्तो सक्ने भए इन्जिनियर , डाक्टर लगायतका प्राबिधिक बिसय पढ्न या सामान्य संकाय पढ्न मात्र भएपनी पनि काठमाडौं या सुबिधा सम्पन्न ठाउमा सबै गैहाल्थे त्यसकारण यो पनि एउटा गम्भीर बिसय छ ।
दु:खद , जिलो र रिनपान गरेर भएपनी आफ्नो दुख बिर्सेर संन्ततीको सुख र सुबिधाको लोभले , आशाले बिराटनगर सम्म पुर्याएका छोराछोरीले पैसा तिरेर खान र बस्न पाइन भन्दा कुनचाही बाबुआमाको मन नरोला यसलाइ शब्दमा उतार्न गार्हो हुन्छ ।।माध्यमिक तह सम्मको परिक्षा जिल्ला तहमा नै सम्पन्न भएको उदाहरण हेर्न धेरै टाढा जानू पर्दैन। बि. स. २०७० साललाइ हेरे पुगिहाल्छ।
इलाम , धनकुटामा नै परिक्षा दिएर सफल हुनुभएका अफिसहरु अहिले सबै हुनुहुन्छ ।
सङघियताको मर्म त अधिकारको हस्तान्तरण हैन र ???अनि कुन आधारमा सामान्य परिक्षा लेख्न पनि इलाम छोडेर मेची अञ्चलका बिद्यार्थी हरु बिराटनगर पुग्नु पर्ने हो?? सङघियता आएपछि?? लेख्ने बिसय बस्तु धेरै छन ।तर माथी उठाएको परिक्षा केन्द्रको बिसय मिल्छ भने ससदमा उठाएर सरकारको ध्यानाकर्षण गराइदिनुहुन र नभए सम्बन्धि आयोगमा कुरा पुर्याएर भएनी आफ्नो जिल्ला नभएपनी नजिकैको जिल्लामा परिक्षालेख्ने बाताबरणको भुमिका खेल्दिनु हुन सादर अनुरोध गर्दछु।।
तपाइको शुभचिन्तक/ परिक्षार्थी







