राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले कोशी प्रदेसमा राप्रकाका कारणले मध्यावधि निर्वाचन गर्नुपर्ने अवस्था नआउने बताउनुभएको छ ।
सोमबार पार्टी कामको सिलसिलामा ताप्लेजुङ आइपुग्नु भएका लिङदेनले यहाँ राखिएको पत्रकार भेटघाटलाइ सम्वोधन गर्ने क्रममा यस्तो बताउनुभएको हो । पत्रकारको कोशि प्रदेश सरकार अव के होला भन्ने प्रश्नमा अध्यक्ष लिङदेनले कोशीमा अहिलेको सरकारबाट समर्थन फिर्तालिदा पनि सरकार ढल्ने र अर्कातर्फ समर्थन नगर्दा सरकार नबन्ने स्थिति भएकाले सरकारलाइ दिएको समर्थन कायमै राख्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले सरकार छाड्ने वित्तिकै सरकार गिर्छ र कसैलाइ समर्थन गरिएन भने अर्को सरकारपनि बन्दैन । तर हाम्रो कारणले मध्यावधि निर्वाचन हुन दिदैनौं ।’ अध्यक्ष लिङदेनले आफुहरु प्रदेशको संरचनानै खारेज गरिनुपर्छ भन्ने पक्षमा रहेकाले प्रदेश सरकारमा आफुहरुको त्यत्रो ठुलो लडाँइ नरहने समेत बताउनुभयो ।
आइतवार साँझनै ताप्लेजुङ आइपुग्नु भएका अध्यक्ष लिङदेन आफ्ना पार्टी कार्यकर्ताहरुसंग भेटघाट गरि आजनै फकर्कने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ताप्लेजुङले जनाएको छ ।







