१२ माघ, ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-४ स्थित बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । फुङ्लिङ नगरपालिका ४ मा बसोबास गर्दै आउनुभएका पेम्बा शेर्पाद्वारा आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत अति विपन्न ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको विद्यालयले जनाएको छ ।

शेर्पाको ३१ औं जन्मत्सोवको अवसरमा आयोजित कार्यक्रममा बिधालयका सहायक प्रधानाध्यापक धर्मप्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिङ्ह राणा, पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम, सुबास आचार्य, उज्यालो पोस्ट दैनिका सम्पादक खगेन्द्र अधिकारी, प्रेस चौतारीका अध्यक्ष वसन्त पालुङ्वा बिधालयका शिक्षक लगायतको उपस्थितिमा न्यानो कपडा हस्तान्तरण गरिएको थियो ।

न्यानो कपडा हस्तान्तरण कार्यक्रममा बिधालयका सहायक प्रधानाध्यापक पौडेलले विपन्नताकै कारण जाडोयाममा आवश्यक न्यानो कपडा किन्न नसक्ने अवस्थाका विद्यार्थीलाई सहयोग गरेकोमा सहयोगदातालाई धन्यवाद दिनुभएको थियो।
जन्मदिनमा रचनात्मक कार्यले समाजमा समेत सकात्मक सन्देश प्रवाह हुने भएकाले विद्यालयको शैक्षिक गतिविधिमा थप सहयोग पुगेको समेत पौडेलको भनाइ रहेको छ।







