भालेकाे डाकसँगै
भर्भराउँदाे राताे सूर्यले
धर्तीलाई चुम्बन गरेपछि
जुनका अाशुहरू
सेकिन थालेपछि
…अाङले ताताे अनुभूति गरेपछि
सुन्दर सपना देख्न सडकमा सुतेकाहरू
जुरुक्क उठेर उही बाेरा समातेपछि
“लाै अायाे ताजा खबर” काे अावाज
गुञ्जन थालेपछि
सडक सलबलाउँन थालेपछि
हसिँया र नाम्लाे,
कुटे र काेदालाे
अनि हलाे र जुवाहरूले
निर्लज्ज,लमतन्न सुतेकी
बाँझी अामाकाे छाति चिर्न थाले पछि
पँधेर्नीहरूले सपना बाँडेपछि
उहिले के हुन्थ्याे कुन्नि ?
सहरका साैखिनहरूले
कान्छी र जेम्सहरूलाई
अर्काका घरका ढाेकैमा
विष्टा छाेड्न लगाएपछि मात्र
अचेल
बिहान हुन्छ ।।
शुभप्रभातम्
–सागरमणि दाहाल







