३० असार, ताप्लेजुङ । राणाकालदेखिनै जिल्लामा मनाइँदै आएको सांस्कृतिक तथा ऐतिहासिक पर्वका रूपमा लाखे नाच शनिबारबाट ताप्लेजुङमा सुरु भएको छ ।

आजदेखि कृष्णाष्टमीसम्म मनाइने जात्रामा युवायुवतीदेखि वृद्धवृद्धासमेत सहभागी बनेका छन् ।

नेपाल भाषा तथा संस्कृति समाज ताप्लेजुङले आयोजना गरेको लाखे नाच धार्मिकस्थल भिन्तुना डाडादेखि सुरू भई बजारका विभिन्न स्थानको परिक्रमा गरि नचाइने छ।

‘संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले नाच सुरू गरेका हौं,’ नेपाल भाषा तथा संस्कृति समाजका अध्यक्ष सङ्खर श्रेष्ठले भन्नुभयो । नेवारी समुदायले मनाउने जात्रामा ताप्लेजुङका नेवारी समुदाय लगायत स्थानीय बासिन्दाको सहभागिता छ ।

यता लाखेजात्रा कै अवसरमा खेलाइने पाथीभरा गोल्डकप भने अब नाममा मात्र सिमित हुने देखिएको छ। कोरोना महामारीदेखि सन्चालन हुन नसकेको फुटबल प्रतियोगिता यस बर्ष पनि हुने कुनै छाटकाट देखिदैन । खेल मैदान अभावका कारण खेल संचालन हुन नसकेको आयोजकले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय