थियो, ‘प्रचण्डको गृहकार्य बोकी नेकपा(एमाले)मा बसेर यस्तो कोशिस गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ ।’
थापाले यत्तिकै फेसबूकमा ‘प्रचण्डको गृहकार्य’ शब्द उल्लेख गरेका होइनन् । बालुवाटारमा यसबारे लामै बहस भएको थियो ।सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने फैसला गरेको भोलिपल्ट साँझ बालुवाटारमा आफ्नो सल्लाहकार टीमसहित केही अन्य नेताहरूलाई पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

कुरा गर्दै जाँदा ओलीले भने, ‘माधव नेपालहरू अब यता आउने होला । उतै बसे सांसद चैट हुन्छ । कमरेडहरू अहिले यताका न उताका भएर बसिरहेका छन् ।’ त्यसपछि ओलीका असाध्यै निकट मानिने एक नेता बोले, ‘यता आउनु त राम्रै हो । तर प्रचण्डले दिएको होमवर्क बोकेर आउलान् भन्ने पीर पो छ त !’
प्रचण्डको होमवर्कको प्रसंग आएपछि त्यहाँ उपस्थित सबै हाँसे । त्यसपछि ओलीले भने, ‘एमालेको क्लास टिचर चाहिँ म, अनि धेरै पहिलाका मास्टर प्रचण्डको होमवर्क गर्न खोजे के हाल होला, तपाईंहरूले बुझिराख्नु भएको छ ।’त्यही सन्दर्भमा भएको कुराकानीलाई लिएर थापाले सामाजिक सञ्जालमा प्रचण्डको होमवर्कको प्रसंग निकालेका हुन् ।
थापाले थपेका छन् – ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो रे ? वाहियात ! यो बकवास मात्र हो, उहाँले राजीनामा किमार्थ दिनुहुन्न । सके पाँच वर्ष सरकार चलाउन उहाँको सहयोगी बन्नु, नसके यस्तो निर्देशित छट्टु चालबाजीपूर्ण कुरा नगर्नु नै उचित हुन्छ ! राजीनामाको बेमौसमी बाँसुरी धेरै बजाउन खोज्दा के हविगत भयो र हुँदै जान्छ ? सबैले समयमै स्पष्ट रूपमा बुझ्नु बरू बुद्धिमत्तापूर्ण हुन्छ ।’

यतिबेला बालुवाटार प्रचण्डको होमवर्कसँग त्रसित देखिन्छ । नेकपामै हुँदा पनि प्रचण्डसँग चोचोमोचो मिलाएर ओलीविरुद्धको संघर्षमा होमिएका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र अन्य नेताहरू घरको न घाटको भएको बालुवाटारको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय