मोरङ । नेकपा विभाजित भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाएका एमाले नेता युवराज बास्कोटालाई प्र’हरीले पक्रा’उ गरेको छ ।

उनलाई मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको ह’त्या अभि’योगमा प्र’हरीले नियन्त्रणमा लिएको छ ।
केही दिन अघि उनलाई ह’त्यारा भन्दै स्थानीय महिलाले कुटपिट गर्नुका साथै जुत्ता प्रहार गरेका थिए ।

गएको पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृ’त फेला परेका थिए। त्यसपछि मृ’तकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्या’न’ मुद्दामा बाँस्कोटाविरू’द्ध इलाका प्र’हरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए।
भण्डारीको शंकास्पद मृ’त्युलाई ह’त्या भन्दै व्यापक आन्दोलन गरेका थिए ।
बाँस्तोलाको घरमा मृ’त अवस्थमा फेला परेका भण्डारीको शरिरमा निलडाम र कानमा पनि चोट देखिएको मृतकका आमा राधिका भण्डारीको भनाई छ । उनले घटनामा आरो’पीलाई प’क्राउ गरि निष्पक्ष छानविन र दोषीलाई कडा कारवाही गर्न माग राख्दै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!