ताप्लेजुङ । आँखाले देख्न नसक्ने भए पनि उनीहरूको आँखामा नयाँ आशा र उत्साह चम्किरहेको थियो। नेपाल नेत्रहिन संघ, ताप्लेजुङको आयोजना र फुङलिङ नगरपालिकाको सहयोगमा आयोजित ४५ दिने आधारभुत कम्प्युटर तालिम मंगलबार सम्पन्न भयो। पुष ५ गते सुरु भएको यो तालिममा १० जना दृष्टिबिहिनहरूले भाग लिए, र उनीहरूको जीवनमा सानो तर महत्वपूर्ण परिवर्तनको बीउ रोपियो।

नगर प्रमुख अमिर मादेनले दृष्टिबिहिनहरूको जीवनस्तर उकास्न बजेट प्रदान गरिएको र भविष्यमा सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। नगर उपप्रमुख भिमा देवी ओझाले अपाङ्ग मैत्री भवन निर्माण प्रक्रियामा रहेको जानकारी दिँदै, भवन बनेपछि उनीहरूको दैनिक जीवन अझ सहज हुने आश्वासन दिनुभयो।

तालिममा सहभागी पेम्बा शेर्पाले कम्प्युटरका आधारभुत कुरा सिक्न पाउँदा खुसी व्यक्त गर्दै, अभ्यास गर्न आवश्यक सामग्रीको अभावले थप सहयोगको अपिल गर्नुभयो। तालिमको सहजिकरण सुजता लिम्बुले गरेका थिए।

यो तालिमले दृष्टिबिहिनहरूको जीवनमा आत्मविश्वास र नयाँ क्षमताको ढोका खोलेको छ, र भविष्यमा उनीहरू पनि समाजमा सक्रिय योगदान दिन सक्नेछन् भन्ने आशा जगाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!