ताप्लेजुङ । समाजसेवी निशान लिम्बूले एक विद्यालयमा अध्ययनरत ६० जना छात्रछात्रालाई न्यानो कपडा वितरण गर्नुभएको छ।

फक्ताङलुङ गाउँपालिका–३, लिङखिम निवासी लिम्बूले सोही गाउँपालिकाको वडा नम्बर २ मा पर्ने खेजेनिमस्थित सिबु आधारभूत विद्यालयमा अध्ययनरत ६० जना बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको हो।

उहाँले आफ्नै नियान्स कन्स्ट्रक्सनको तर्फबाट स्विटर खरिद गरी आइतबार विद्यालयमै पुगेर वितरण गर्नुभएको जनाइएको छ।

समाजसेवाको भावना सहित विद्यालयमै उपस्थित भई न्यानो कपडा वितरण गरिएको उहाँले बताउनुभयो। साथै, यस्ता सामाजिक कार्यलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने उहाँको भनाइ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!