
फागुण २४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा प्रचण्ड माधव समुहका नेता भीम रावलप्रति खनिएका छन् । हिजो संसदको बैठकमा बोल्दै नेता रावलले प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाँउ भन्दै प्रश्न गरेको विषयलाई जोड्दै आज प्रधानमन्त्रीले कुन पार्टीको हो भन्ने जानकारी लिन सर्वोच्च जानु भनेका छन् । प्रधानमन्त्री आज अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै थिए ।
प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन । मैले उहाँहरुलाई सोध्छु तपाईं कुन पार्टीको हो रु मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । अदालतले भनेको पनि नसुन्ने । देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने ।
संसद पुनस्थापना भए पनि त्यसको पहिलो बैठकमै बिरोध र नाराबाजी भएकोप्रति पनि ओलीले गुनासो पोखे ।
छलफल गरेको हो कि ? धामी नाँच हो कि ? गुर्र कुदेर आएर रोष्ट्रममा नारा लगाएका छन् । अध्योदश फेल गरे भयो नि । अध्यादेश पेस गर्न पाइँदैन भनेर नाराबाजी भयो । उनले असन्तुष्टी पोखे ।
संसद् बैठकको पहिलो दिनमै गाँसमा झिंगा परेजस्तो भो । मर्यादित भएर छलफल र बहस गरौँ, प्रधानमन्त्रीको भनाई थियो ।