१४ फाल्गुन, काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कृत भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका किशोरले भाँडाकुटी खेलिरहेका ८, ६ र ५ ५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ।किशोरले नजिकैको ट्रेलरबाट टालाटुली लगेर बालिकाको हात र खुट्टा बाँधेर पालैपालो बलात्कार गरेका थिए ।
उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएका थिए। तर, घटनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको हो। उनीहरू फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए।

पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन। प्रहरीले आरोपित बालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय