
२९ माघ, ताप्लेजुङ । ताप्लेजुङमा भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । विहिबार दिउँसो पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा भएको दुर्घटनामा परि ट्याक्टरका सह चालक २० वर्षिय सुर्यमान राईको ज्यान गएको हो । उनि पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका हुन् ।
प्रहरीका अनुसार उत्तिसको गोलिया लिएर डुम्रिसेबाट थेचम्बु तर्फ गईरहेको ना ७ त ३३९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको थियो । ट्याक्टरमा सवार रहेका राईलाई ट्याक्टरले किचेको र घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्याक्टरका चालक २३ वर्षिय नुर बहादुर राई भने प्रहरीको नियन्त्रणमा रहेकाछन् । उनि सामान्य घाईते भएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।